
काठमाडौं महानगरपालिकाका महानगर प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले मेयर बालेन्द्र साह (बालेन)को सचिवालयलाइ कुनै स्पष्टीकरण दिन जरुरि नभएको बताएका छन् । मेयर बालेनको सचिवालयले विभिन्न सञ्चारमाध्यममा मेयरको व्यक्तिगत चरित्रमाथि निराधार, खेदजनक र कपोकल्पित अभिव्यक्ति दिँदै मेयरको निजी जीवनमा आपत्तिजनक टिप्पणी र सार्वजनिक प्रतिष्ठामा समेत आँच आउने गरी अभिव्यक्ति भन्दै प्रवक्ता समेत रहेका मानन्धरलाई जेठ ८ गते सातदिने स्पष्टीकरण सोधेको हो ।
प्रवक्ता मानन्धरले भने स्पष्टीकरण दिनु जरुरी नभएको बताउदै उनले भने – “ सबै भन्दा पहिला स्पस्तिकरण नै किन सोधिनु पर्ने बह्न्ने कुरा हो। मलाइ लाग्छ उहालाई स्पस्ट नभएको कुरा जस्तो लाग्छ। प्रवक्ताको जिम्मेवारी भनेको महानगर संग जोडिएको कुराहरु संचार माध्याम लगाएतमा जानकारी गराउने हो। आत्मसम्मान संग जोडिएको कुरालाइ लिएर यदी स्पस्टिकरण माग रएको अवस्था छ भने त्यसलाई जानकारीको रुपमा लिएर भोलिको दिनमा सम्बन्धित स्थानमा प्रतिउत्तरको रुपमा छलफल गर्छौ। त्यसको जवाब दिनु पर्ने म ठान्दिन। ”
चार महिना सम्म कर्मचारीले तलब नपाउदा अभिभावकले कुनै चासो नलिएको स्मर गराउदै मानन्धरले भने – “ महानगरपालिका ठप्प भएको अबस्थामा नेपाल सरकारले स्थानीय सरकारलाइ सहजीकरण गर्न पठाइएको व्यक्तिलाई नगर प्रहरी बल पहरादारी गर्न पर्ने ठाउमा अवरोध सिर्जना हुने गरि निर्देशन दिएर रोक्दै गर्दा हामि जनाप्रतिनिधिले कार्येकारी प्रमुखलाइ जिम्मेवारीमा लागेका हुन् , यो उसको अधिकारको कुरा हो।
म प्रवक्ताले सबैलाई जानकारी गराउने हो , त्यो जानकारी गराउने बिषयमा पनि स्पस्टिकरण सोध्ने काम कत्तिको न्यायोचित हो ? कुन कानुनमा छ ? जो बोलेको छु यथार्त छ जनताले देखेकै छ , स्पस्ती कारण दिन जरुरि छैन र दिन्न ,कोठा भित्र बोलेका छैनौ पत्रकारले सोधेका बिषयमा बोलेका छौ।
सबै कुराको स्पस्टिकरण दिदै जाने हो भने , हिजो सिंहदरवार जलाई दिन्छु, प्रधान मन्त्रीलाई करप्तेद भन्नेअविब्य्क्ति दिएको बिषयमा पनित स्पस्टिकरण दिनु पर्ने होला नि त , उहाहरु जस्तो टुप्पोबात पलाएर तल आइरहेको छ, हामी तलबाट जनताको सेवा गर्दै माथि गइरहेका जनप्रतिनिधि हौ। हामीले जनताकालागि गरिरहेको काम लाइ जिम्मेवारीको रुपमा लिन्छौ। उहाहरु कामलाई भन्दा देखाउने बढी गर्नु हुन्छ। ”
प्रबक्ता मानन्धरले हालै सामाजिक संजालमा ब्यापक भएको भक्तपुरमा १२ लाखमा बनेको पाटि र काठमाडौँ महानगरमा बनेको पाटि ३१ लाखमा बनेको बिषय जोड्नु भयो।