
काठमाडौं । निकै सरल देखिन्छ नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री डा. शशांक कोइराला । डा. कोइरालाले घुस खाएको कुरा सार्वजनिक भएपछि धेरैले जिब्रो टोक्ने पनि गरेका छन् । त्यो पनि आफ्नै पार्टीका नेता तथा सांसदले डा. कोइरालाको घुस प्रकरण सार्वजनिक गरेका हुन् ।
काँग्रेस नेता तथा सांसद राजेन्द्र बजगाइँले सामाजिक सञ्जालमार्फत कोइरालाको घुस प्रकरणबारे खुलासा गरेका छन् । राजनीतिक नियुक्तिको लागि कोइरालाले घुस वापत ३ वटा गाडी, सुनको रोलेक्स घडी र २ झोला रकम लिएको बजगाइँले आरोप लगाएका छन् । उनले कोइरालामाथि स्पष्टीकरण सोधिनुपर्ने मागसमेत राखे ।
यस्तो छ बजगाइँको आरोपः म चाहँदैनथेँ कि मलाई किया र दुईवटा महिन्द्राजस्ता एसयूभी उपहारहरू, रोलेक्स घडी, नगदले भरिएका डफेल झोलाहरू, तथाकथित घरको जीर्णोद्धारु वा राजनीतिक पदहरूको सौदाबाजीबारे प्रश्न उठाउनुपरोस् । तर याद राख्नुहोस्, स्पष्टीकरण तपाईंलाई सोधिनै पर्नेछ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएपछि बजगाईंसहित केही नेताहरुले छानबिनका लागि मार्ग प्रशस्त गर्न माग गरेका थिए ।
गृहमन्त्री लेखकलाई राजिनामा दिनुपर्ने माग राखेका नेताहरुलाई स्पष्टिकरण सोध्नुपर्ने विषय कोइरालाले नै कडारुपमा उठाएका थिए ।
बजगाइँले यो खुलासा गरेसँगै काँग्रेसभित्र ठूलै हलचल मच्चिएको छ ।