आज :

विपक्षीमा मागः भिजिट भिसा प्रकरण मानव तस्करीसँग जोडिएको छ, गृहमन्त्रीले राजिनामा दिनुपर्छ

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको विषय भएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौंको अवैध असुलीको जालो फैलिएको भन्दै यो रोजगारीको लागि विदेश जान खोजेका सामान्य युवाहरु माथि गरिएको लुट र संगठित मानव तस्करीसँग जोडिएको विषय भएको बताए ।

उनले भने, ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौंको अवैध असुलीको जालो फैलिएको र त्यसमा गृहमन्त्रीज्यूको सचिवालयको प्रत्यक्ष संलग्नता भईरहेको भन्ने कुरा विभिन्न पत्रपत्रिका मार्फत बाहिर आईरहेको छ । यो कुनै सामान्य भ्रष्ट्रचारको घटना मात्र होईन् । यो रोजगारीको लागि विदेश जान खोजेका सामान्य युवाहरु माथि गरिएको लुट र संगठित मानव तस्करीसँग जोडिएको विषय हो ।’

यस्तै, उनले अख्तियारले मुख्य आरोपि भनेका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पठाईएको भन्दै यसमा  मन्त्रीको कुनै स्वार्थ भएको बताए ।

उनले भने, ‘यत्रो ठूलो खेल राजनीतिक संरक्षकबिना गर्न सकिदैँन् । अख्तियारले मुख्य आरोपि भनेका सहसचिव तीर्थराज भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पठाईएको देखिन्छ ।  यो भन्दा पहिला पनि विभिन्न घटनामा जोडिएका सहसचिवलाई गृहसचिवले रोजी छाडि कसरी पठाउनु भयो के साच्चि मन्त्रीज्यूले सहसचिव स्वच्छ भन्ने थियो कि अन्य कुनै स्वार्थ थियो ।’

विपक्षी दलका कारण संसद बैठक सुरू हुन सकेकाे छैन ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal