
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी नेतृत्वको वारेमा छलफल हुने भएको छ ।
पार्टी सभापति रबि लामिछाने लामो समयसम्म थुनामा बस्नु पर्ने भएपछि नयाँ शिरावाट भावी नेतृत्वको बारेमा छलफल हुन लागेको हो ।
जसका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको जनाइएको छ । आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा सो बैठक बस्ने जनाइएको छ ।
कार्यबहाक प्रवक्ता मनिष झाका अनुसार आजको केन्द्रिय समिति बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी गतिविधि र सभापति लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतद्वारा आदेश सदर गरे पछिको परिस्थितिबारे छलफल हुने बताइएको छ ।