आज :

भिजिट भिषा सेटिङ प्रकणः गृहमन्त्रीले राजिनामा गरेर छानबिनमा सहयोग गर्नुपर्छ- डा. शेखर कोइराला

  • अनलाइन डबली

काठमाडौं । भिजिट भिषाको नाममा मानव तस्करी भइरहेको काण्डमा संलग्नताको आरोप लागेपछि गृहमन्त्री रमेश लेखकलाई राजिनामा गर्न चौतफी दबाब बढ्दै गएको छ ।

विपक्षी दलका नेताहरुले मानव तस्करमिा गृहमन्त्रीको नाम जोडिनु लज्जाको विषय भएको राजिनामा माग गरिरहेका छन् ।

अब सत्तारुढ दल त्यो पनि नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पनि गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताएका हुन् ।

विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामाा दिँदा नैतिकतामा सघाउ पुग्ने बताए । नेता कोइरालाले संवैधानिक निकायहरु सचिवहरुको रिटायरमेण्ट क्लब जस्तो बनेकाले कर्मचारीहरुको लागि कुलिङ पिरियड अत्यावश्यक रहेको पनि बताए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal