आज :

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

  • अनलाइन डबली

जनकपुर । जनमत नेतृत्वको मधेश प्रदेश सरकारले २ जना मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गरेको छ ।

मुख्यमन्त्री सतीश कुमार सिंहको नेतृत्वमा गठन गरिएको सरकारमा सहभागी जनमत पार्टीकै वन तथा वातावरण मन्त्री त्रिभुवन साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलीलाई फिर्ता बोलाइएको छ ।

बिहीबार अबेर साँझ गरेको पुनर्गठनमा सञ्जय कुमार यादवलाई वन तथा वातावरण मन्त्रालय र वसन्त कुशवाहालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुलाई अबेर साँझ नै सपथ ग्रहण गराइएको छ । सपथग्रहण गरे लगतै दुवै जना मन्त्रीले आ–आफ्नो मन्त्रालयमा कार्यभार ग्रहण गरेका छन् ।

बजेट ल्याउन १७ दिनमात्र बाँकी रहँदा मन्त्री फेरबदल गरेकोले मधेश प्रदेश सरकारप्रति सामाजिक सञ्जालहरुमा नाकारात्मक टिप्पिन हुन लागेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal