आज :

माओवादी अभियान गण्डकी प्रदेशमा, बालकदेखि जेष्ठ नागरिकको प्रचण्ड माया

  • अनलाइन डबली

बाग्लुङ । नेकपा (माओवादी केन्द्र)को अभियान गण्डकी प्रदेश प्रवेश गरेको छ । विहीबार विहान रोल्पा हुँदै गण्डकी प्रदेशको बाग्लुङ प्रवेश गरेको हो ।

बैतडीको पाटनबाट सुरु भ्एको मध्यपहाडी लोकमार्ग अभियान टोली सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान सम्पन्न गरेको छ ।
अभियान टोलीलाई बाग्लुङको निसिखोला क्षेत्रमा बाजागाजासहित भव्य रूपमा स्वागत गरिएको थियो ।

लुम्बिनी प्रदेशका इन्चार्ज बलदेव खनाल नेतृत्वको टोलीले गण्डकी प्रदेशका इन्चार्ज दिनानाथ शर्माको नेतृत्वमा रहेको टोलीलाई औपचारिक रूपमा झन्डा हस्तान्तरण गरेको थियो।

प्रचण्डलाई भेट्न भन्दै बच्चादेखि जेष्ठ नागरिकसम्म लाइनमा बसिरहेका थिए । उनिहरु घामपानी नभनी लामो समयदेखि प्रचण्डलाई स्वागत गर्न फुलमाला बोकेर सडक छेउमा लाइनमा उभिएका थिए ।

प्रचण्डले मुस्कानसहित बालबालिका र जेष्ठ नागरिकको स्वागतलाई हार्दिकतापूर्वक स्वीकार गरेका थिए ।

अहिले ढोरपाटनमा आयोजित जनसभा सुरू भएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal