आज :

नेकपा बहुमतले भन्योः अघोषित लोडसेडिङ कार्य बन्द गरियोस्

  • अनलाइन डबली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) काठमाडौं जिल्ला समितिले नेपाल विद्धुत प्राधिकरणलाई ज्ञापनपत्र बुझाउदै भन्यो अघोषित लोडसेडिङ कार्य बन्द गरियोस् ।

बुधबार बुझाएको ज्ञापनपत्रमा भनिएको छ, “नेपाली जनताले देखेको उज्यालो नेपालको सपना नेपाल विद्धुत प्राधिकरणले पूरा गर्न सकिरहेको छैन । अत्याधिक राजनीतिकरण र विचौलियाले प्राधिकरणलाई तहसनहस पारिरहेका छन् ।”
प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्यलाई ज्ञापनपत्र बुझाउँदै जिल्ला समितिका सचिव दर्शन नेपालीका भने, “नेपालको उर्जा क्षेत्र विचौलियाहरुको प्रभावबाट संचालित छ, पछिल्लो समय अघोषित लोडसेडिङको जुन वातावरण बनिरहेको छ । त्यसले विचौलियाको पहुँच र प्रभावलाई पुष्टि गर्दछ ।”

त्यस्तै ज्ञापनपत्र बुझाउन पुगेका जिल्ला इन्चार्ज सागर लिम्बुले थप्दै भने “केहि दलाल र विचौलियाहरुले जनतामाथी अन्धकार थोपर्ने प्रयास गरिरहेका छन्, तर हाम्रो पार्टी नेकपा (बहुमत) ले उनीहरुको त्यस्तो षड्यन्त्र सफल हुन दिने छैन र त्यसको पूर्ण प्रतिरोध गर्नेछ ।”

जनतामा लोडसेडिङ हटाएको छबि बनाएका कुलमान घिसिङको कार्यकाल छोटो समय बाँकी छदै सरकाले हितेन्द्रदेव शाक्य नियुक्त गरेसंगै विद्युत अवरुद्ध हुने क्रम बढिरहेको परिवेशमा बहुमतको काठमाडौं जिल्ला समितिले प्राधिकरणलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal