
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को अभियान बर्षा र झरीबीच लुम्बिनी प्रदेश प्रवेश गरेको छ । बैतडीको पाटनबाट सुरु भएको रुकुमपश्चिम हुँदै रुकमपूर्व प्रवेश गरेको हो ।
पार्टी अध्यक्ष प्रचण्डसहितका नेताहरुलाई स्वागतको लागि झरीबचि स्थानीय विहानैबाट बाटोमा कुरिरहेका थिए ।
राष्ट्रिय झण्डा र कम्युनिष्ट पार्टीको झण्डा कर्णाली प्रदेश टोलीले लुम्बिनी प्रदेश टोलीलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
अभियानको अन्तिम गन्तव्य सोलुमा पुगेर अभियानको समापन गरिनेछ।
नेकपा (माओवादी केन्द्र) ले तराईको हुलाकी मार्ग केन्द्रित अभियान र मध्यपहाडी लोकमार्ग अभियानलाई जनतासँग तथा वर्गीय आधारमा पार्टीको सम्बन्ध सुदृढ गर्ने राजनीतिक जागरणको अभियानको रूपमा लिएको छ