आज :

काँग्रेस नेता विश्व पौडेल नेपाल राष्ट्र बैंककाे १८ औं गभर्नर

  • अनलाइन डबली

काठमाडाैँ । नेपाली काँग्रेसका नेता डा. विश्व पौडेल गभर्नर बन्ने पक्का भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति भएको थियो ।

पौडेललाई गभर्नर बन्न नमिल्ने भन्दै परेको रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको आदेशलाई इजलासले पनि सदर गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उनलाई गभर्नर बन्नबाट रोक्ने रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको हो ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा गत वैशाख ३० मा रिट दायर गरेका थिए । तर, उक्त रिट सर्वोच्च अदालतले यहि जेठ २ मा दरपीठ गरिदिएको थियो ।
अहिले सिफारिस समितिको बैठक बसिरहेको छ । त्यसलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने र पौडेललाई गभर्नर नियुक्त गर्ने सरकारले तयारी गरेको छ ।

उप्रेती र थापाले पौडेल राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने र नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकाले गभर्नर बन्न नमिल्ने भन्दै रिट दायर गरेका हुन् ।

नेपाली काँग्रेसका क्रियाशिल सदस्य समेत रहेका पाैडेल यसअघि चितवन–१ बाट प्रतिनिधिसभा सदस्यकाे चुनाव लडेर पराजित भएका थिए । उनि नेपाल राष्ट्र बैंककाे १८ औं गभर्नर हुनेछन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal