आज :

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ जारी

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज मगलबार सुनुवाइ जारी रहेको छ।सर्वोच्च अदालतमा पटक पटक हेर्न नमिल्नेमा परेको रिटमा सातौ पटकमा आज न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भइरहेको हो।

सोमबार  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश  नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइका लागि रिटको पेशी तोकिएपनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको थियो।

गत बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म रिट चार पटक हेर्न नमिल्ने सूचीमा परेको छ। लामिछानेको तर्फबाट उनकी श्रीमति निकिता पौडेलले गैरकानुनी रुपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।

सहकारी ठगी मुद्दामा लामिछाने हाल भैरहवा कारागारमा छन्। उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्लाको आदेश उल्टाउँदै लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो। उच्च अदालतले पुर्पक्षका लागि कारागार पठाएपछि लामिछानेले कारागारबाटै उच्चको आदेश खारेजको माग गर्दै बाहिरबाटै मुद्दा लड्न पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गराएका थिए। सो रिटमा सर्वोच्चले कैफियत प्रतिवेदन पेश गर्न आदेश जारी गरेको छ।

रविलाई रुपन्देही जिल्ला अदालतले भने एक करोड रुपैयाँ धरौटीमा छाडेको थियो। उच्च अदालतले जिल्लाको आदेश उल्टाइदिएपछि कारागार चलान भएका हुन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal