
रुकुम पश्चिम । नेकपा (माओवादी केन्द्र) को मध्यपहाडी लोकमार्ग अभियान रुकुम पश्चिम पुगेको छ । पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको अभियान टोलीले विहान जाजरकोटमा मोर्निङसँगै जनसंवाद गरेर रुकुम प्रवेश गरेको हो ।
सुदूरपश्चिमको बैतडी पाटनबाट सुरु भएको अभियान दैलेख–जाजरकोट हुँदै रुकुम प्रवेश गरेको हो ।
अभियान टोलीलाई पार्टी उपमहासचिव प्रभाकरसहितका नेताहरुले चौरजहारीमा भव्य स्वागत गरेका छन ।
दिउँसो चौरजारीमा जनसभा आयोजना गरिएको छ । उक्त जनसभालाई प्रचण्डसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
रुकुमपश्चिमका जनसंवाद तथा जनभेटघाटका कार्यक्रम सकेर अभियान टोली पूर्वरुकुम हुँदै अगाडि बढ्ने बताइएको छ ।