
जाजरकोट । नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग अभियान आज जाजरकोट पुगेको छ । हिजो दैलेख पुगेर जनसभा तथा जनसंवाद कार्यक्रम गरिएको थियो ।
विहान दैलेख बजारमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले मोर्निङवाकसँगै जनभेटघाटमा गरेका थिए ।
दिउँसो दैलेखबाट अभियान जाजरकोट प्रवेश गरेको थियो । जाजरकोटको सुयाडामा अभियान टोलीलाई भव्य स्वागत गरिएको थियो ।
अभियानकै क्रममा दिउँसो छेडागाड नगरपालिका मनाघाटमा आयोजित बृहत जनसभा जनसभालाई अध्यक्ष प्रचण्डसहितका नेताहरुले सम्बोधन गरिरहेका छन् ।
यो ठाउँमा माओवादीको आधार क्षेत्रको रुपमा लिइन्छ । जनयुद्धको क्रममा यो ठाउँबाट ३३४ शहिद भएका छन् ।