आज :

हुम्लामा हिमताल फुट्दा तिला गाउँमा क्षति, सांसद लामाले संसदमा उठाए कुरा

  • अनलाइन डबली

काठमाडौं । हुम्लामा गएको हिमपहिरोबाट भएको क्षतिका बारेमा संसदमा ध्यानाकर्षण गराइएको छ ।

गत जेठ १ गते हुम्लाको नाम्खा गाउँपालिका–६ को तिला गाउँ लेदोसहितको पहिरोले बस्ति नै थप जोखिममा परे पछि सांसद छिरिङ डम्डुल लामा डमरू लामा भोटेले ध्यानाकर्षण गराएका हुन् ।

उनका अनुसार ४७ सय मिटर माथी रहेको हिमताल जेठ १ गते बिष्फोट भएको हो । उनका अनुसार सो बिष्फोटवाट ५ काठको पुल बगाएको छ, ४–५ सय रोपनीको सिंचाई हुदैँ आएको कुलो पनि बाढीले बगाएको छ भने १५ किलोवाटको बिजुली उत्पादन केन्द्र क्षति भएको छ ।

‘सो हिमताल फुटे पछि १८ घर परिवारको ३२ जना अहिले खेतमा पाल टाँगेर बसेका छन, जसमा  जसमा २१ जना महिला, ९ जना पुरूष २ जना बालक रहेका छन् ।’

हिमताल फुटेको एक साता लागिसक्दा पनि सरकारवाट केही पहल नभएको गुनासो सांसद भोटेले गरेका छन् । उनले पीडितहरूलाई तत्काल राहात दिन र उद्दार गराउन पनि माग गरेका छन् ।

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal