आज :

संघीय निजामती विधेयक समितिबाट पारित: कुलिङ पिरियड दुई वर्ष, ६० वर्षमा अवकाश

  • अनलाइन डबली

काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सम्बन्धी विधेयक पारित भएको छ ।

शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको समितिको बैठकबाट विधेयक पारित गरिएको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिए ।

साथै उनले विधेयकमा विवादित ‘कुलिङ पिरियड’ दुई वर्ष कायम गरिएको पनि जानकारी दिए । उनले भने,‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिले तयार पारेको अन्तिम मस्यौदा प्रतिवेदन परिमार्जनसहित सर्वसहमत पारित भएको छ । यसमा सहयोग पुर्याउने सरकार र माननीयज्यूहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

त्यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकले कर्मचारीको कुलिङ पिरियड दुई वर्ष राख्न सहमति जनाए । सहमतिसँगै समितिले यस प्रस्तावलाई अगाडि बढाउने निर्णय गरेको हो ।

मन्त्री लेखकले भने,‘कुलिङ पिरियड भनेको अवकाश पाएपछि कति समयसम्म अर्को नियुक्ति नलिने भन्ने व्यवस्था हो । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवा विधेयकमाथि छलफल जारी छ । जहाँ गृहमन्त्री लेखकले भनेका छन् । ‘कुलिङ पिरियड दुई वर्ष राखेर जाऔं ।’

बैठकमा सांसदहरुले सरकारले दुई वर्ष कुलिङ पिरियड राख्ने प्रस्ताव स्वीकार गरेकोमा धन्यवाद व्यक्त समेत गरे ।

त्यसैगरी कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउने सहमति भएकाे छ । त्यस्तै, निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ वर्षसम्म र महिलाको ३९ वर्षसम्म राखिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal