
काठमाडौँ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रमको आलोचना गर्दै कृषि,पर्यटन,सूचना प्रविधि जस्ता क्षेत्रको विकास दीर्घकालिन महत्वका योजनाहरू हटाइदिएको बताएका छन् ।
सोमबारदेखि सुरू भएको सरकारक नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै अध्यक्ष प्रच्डले समृद्धि र आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि यिनै क्षेत्रको विकास अनिवार्य रहेको तर सरकारले यी क्षेत्रका दीर्घकालिन महत्वका योजनाहरू हटाइदिएको बताए।
प्रचण्डले भने,’स्थानीय श्रोतमा आधारित उद्यमशीलता विकास,पारम्परिक हस्तकला प्रवद्र्धन र निर्यात जस्ता योजनाहरु सरकारले हटाइदिएर आफ्नो राष्ट्रिय दृष्टिकोणको कम्जोरी प्रदर्शन गरेको छ। अत्यन्तै मेहनत र भिजनका साथ अघि सारिएका गण्डकी त्रिभुज परियोजना, आइटी दशक, सार्वजनिक सेवाहरूको डिजिटलाइजेसनका लागि ब्लूप्रिन्ट, नागरिक सेवा केन्द्र, निजगढ–ढल्केबर, नेपाली गलैंचा करिडोर स्थापना, कोशेली घर, एक पालिका एक डाउनटाउन, गाँजाको व्यवसायिक उत्पादन, हिल स्टेशन, प्रदेशको विशिष्टताका आधारमा आर्थिक उत्पादनको नयाँ मोडेल लगायतका कैयन नीति तथा कार्यक्रमहरु सरकारले मिल्काएको उनको भनाइ छ ।
आर्थिक विकासको योजनाहरूको हटाउनु भनेको अर्थतन्त्रको स्थायीत्व र समृद्धिका लागि हानि रहेको बताउदै उनले भने – ‘ कोशेली घर, एक पालिका एक डाउनटाउन, गाँजाको व्यवसायिक उत्पादन, हिल स्टेशन, प्रदेशको विशिष्टताका आधारमा आर्थिक उत्पादनको नयाँ मोडेल लगायतका कैयन नीति तथा कार्यक्रमहरु सरकारले मिल्काएको छ। यससँगै,महिलाहरूका लागि प्रधानमन्त्री छोरी कार्यक्रमदेखि जेष्ठ नागरिकहरूको हक अधिकारका लागि अघि सारिएका नीतिहरू पनि निरन्तरता पाउन सकेनन्। ‘
उनले मेक इन नेपाल र मेड इन नेपालको सोचलाई अघि सार्ने योजनाहरू हटाइँदा उद्यमशीलता र स्वरोजगारको प्रवद्र्धनमा असर पर्ने बताए।
सरकारले विशिष्टताका आधारमा आर्थिक उत्पादनको नयाँ मोडेल लगायतका कैयन नीति तथा कार्यक्रमहरु मिल्काएको छ – अध्क्षय् प्रचण्ड