आज :

कर्णाली राष्ट्रिय मुक्ति मोर्चाको भेला : कर्णालीलाई मातृ प्रदेशको रूपमा स्थापित गर्ने संकल्प

  • अनलाइन डबली

सुर्खेत – कर्णाली राष्ट्र मुक्ति मोर्चा, नेपालको विशेष भेला शुक्रबार सुर्खेतमा सम्पन्न भएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुडको प्रमुख आतिथ्यता तथा स्थायी समिति सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्ल, केन्द्रिय सदस्य एवं संसदीय दलका नेता राजकुमार शर्मा, कर्णाली प्रदेश अध्यक्ष विमला के.सी. लगायत नेताहरूको विशेष उपस्थितिमा भेला सम्पन्न भएको हो।

कर्णालीलाई मातृ प्रदेशको रूपमा स्थापित गर्ने रणनीति

भेलाले कर्णालीलाई ‘मातृ प्रदेश’को हैसियतमा स्थापित गर्ने रणनीतिक उद्देश्यका साथ विभिन्न महत्वपूर्ण निर्णयहरू लिएको छ। बैठकको प्रारम्भमा जनयुद्ध, जनआन्दोलन तथा मुक्ति संघर्षमा सहादत प्राप्त योद्धाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कर्णालीको समग्र मुक्ति र नेतृत्वका लागि मोर्चाको आवश्यकता

महासचिव गुरुडले कर्णाली मुक्ति मोर्चाको औचित्य प्रस्ट पार्दै प्रदेशको समग्र मुक्ति, प्रगति र नेतृत्व निर्माणमा मोर्चाको भूमिका अपरिहार्य रहेको बताए। प्रदेश इन्चार्ज मल्ल र संसदीय दल नेता शर्माले पनि आ-आफ्ना मन्तव्यमार्फत मोर्चाको भावी कार्यदिशाबारे स्पष्ट पारे।

भण्डारीको संयोजकत्वमा सेजुवाल सह-संयोजक रहने गरि २३ सदस्यीय केन्द्रिय समिति

भेलाले गणेश भण्डारीको संयोजकत्वमा खड्गराज सेजुवाल सह-संयोजक रहने गरी २३ सदस्यीय केन्द्रिय समिति गठन गरेको छ। त्यस्तै, संयोजक भण्डारीको नेतृत्वमा प्रतिवेदन समिति र सेजुवालको संयोजकत्वमा विधान समिति समेत गठन गरिएको छ।

कार्यक्रम तालिका सार्वजनिक

भेलाले आगामी दिनमा निम्न कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ:

जेष्ठ १ गते – दशवटै जिल्लामा एकसाथ भेला

जेष्ठ ५ गते – राजधानी सुर्खेतमा भव्य अन्तरक्रिया कार्यक्रम

जेष्ठ २० गतेसम्म – सबै पालिकामा मोर्चाका भेला

जनसरोकारका विषयमा – विकृति, विसंगति, भ्रष्टाचार, जनजीविकाजस्ता मुद्दामा संघर्ष कार्यक्रम

भाद्र १५ गतेदेखि – “कर्णाली मुक्ति मार्च” प्रारम्भ

आत्मनिर्भर संगठन निर्माण – विशेष कोष गठन र उत्पादनमुखी अभियान सञ्चालन

केन्द्रिय, विशेष र सम्पर्क कार्यालय स्थापना

भेलाले मोर्चाको केन्द्रिय कार्यालय सुर्खेतको वीरेन्द्रनगर, विशेष कार्यालय जुम्लाको सिन्जा र सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गर्ने निर्णय समेत गरेको छ। संयोजक गणेश भण्डारीका अनुसार, यी निर्णयहरू कर्णालीको आत्मसम्मान, स्वाभिमान र समुन्नत भविष्यको दिशामा अग्रसर गर्ने संकल्पका साथ अघि बढाइएका हुन्।

मोर्चाले आज पत्रकार सम्मेलन गरि कार्यलय उद्घाटन गर्नुका साथै निर्णयहरु सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal