आज :

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु आजको आवश्यकता: प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवस तथा १५६औं लेनिन जयन्तीको अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित विशेष कार्यक्रमलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको ऐतिहासिक यात्रा, वर्तमान अवस्था र भावी दिशाबारे महत्वपूर्ण विचार प्रस्तुत गर्नुभएको छ।

लेनिनको जन्मजयन्तीकै दिन पार्टीको स्थापना हुनु ऐतिहासिक संयोग मात्र नभई प्रेरणाको विषय भएको उल्लेख गर्दै अध्यक्षले भन्नुभएको थियो, “लेनिनबाट प्रेरणा लिएर स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टी आज ७७ वर्षको भएको छ, जुन सम्पूर्ण कम्युनिष्ट आन्दोलनका लागि गर्वको विषय हो।”

उहाँले कम्युनिष्ट पार्टीको संघर्षपूर्ण इतिहासको चर्चा गर्दै कम्युनिष्ट आन्दोलनले विभाजन, घात–प्रतिघात र बलिदानबीच यात्रा तय गरेको स्मरण गराउनुभयो। उहाँको धारणा थियो, “आजको आवश्यकता आन्दोलनलाई फेरि एकताबद्ध गर्नु हो। हामी विचार, सिद्धान्त र सच्चा कम्युनिष्टहरूका वैचारिक आधारमा एकता चाहन्छौं। जनतामाझ पुगेर आफ्ना कमजोरीहरू सच्याउने प्रक्रियामा छौं।”

जनयुद्धका सहिद र बेपत्ता योद्धाहरूप्रति सम्मान व्यक्त गर्दै उहाँले उहाँहरूका परिवारहरूसँग गरिएको संवादलाई पार्टीको ऐतिहासिक जिम्मेवारीको रूपमा उल्लेख गर्नुभयो। “हामी एकताको झण्डा बोकेका छौं, न छोडेका छौं, न छोड्नेछौं,” अध्यक्षको स्पष्ट अभिव्यक्ति थियो।

देशको वर्तमान राजनीतिक अवस्था र सरकारको भूमिकाप्रति गम्भीर टिप्पणी गर्दै उहाँले शिक्षकमाथि देखिएको उदासीनता र अपमानजनक व्यवहारको विरोध गर्नुभएको छ। “लाखौं शिक्षकहरू आन्दोलनमा छन्, तर सरकार गैरजिम्मेवार बनेको छ,” अध्यक्षको भनाइ थियो, “मैले प्रधानमन्त्री हुँदा गरिएको सहमति अनुसार विधयेक संसद्मा दर्ता भइसकेको छ, त्यसलाई अविलम्ब अघि बढाउन र शिक्षकका माग पुरा गर्न गम्भिर बनोस सरकार जनभावनासँग खेलबाड नगरोस्।”

त्यसैगरी, लघुवित्त पीडित, सहकारी पीडित तथा चिकित्सकहरू आन्दोलनमा रहेको अवस्थालाई उल्लेख गर्दै उहाँले ती सबैको जायज माग छिटो सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। “सरकार पूर्ण रूपमा असफल भइसकेको छ। अब जनताको आवाजप्रति गम्भीर हुन ढिलो गर्नुहुन्न,” अध्यक्षले भन्नुभयो।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal