आज :

शिक्षकहरूका माग पूरा गर्न प्रधानमन्त्री सकारात्मक नभएपछि शिक्षामन्त्री भट्टराईले नै दिइन् राजिनामा

  • अनलाइन डबली

काठमाडौं । शिक्षकहरुको आन्दोलन नरोकिएपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । शिक्षकहरुका माग पूरा गर्न मन्त्रीले भट्टराईले चाहेपनि प्रधानमन्त्री केपी शर्मा ओली नै सकारात्मक नभएपछि मन्त्री भट्टराईले आफैले राजिनामा दिएको बताइएको छ ।

शिक्षकहरुलाई पटकपटक आग्रह गर्दापनि विद्यायलय नफर्किएपछि नैतिक रुपमा मन्त्रीले राजिनामा दिएको मन्त्रालय स्रोतले बतायो । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी बताइएको छ ।

मन्त्री भट्टराईले शिक्षकहरुका मागहरु सम्बोधन गर्न सकारात्मक भूमिका खेलेपनि मन्त्रीले नै चाँसो नदेखाएपछि बाध्य भएर राजिनामा दिएको स्रोतको दाबी छ ।

आज बस्ने मन्त्रिपरिषद् बैठकमा शिक्षकहरुको माग पूरा गर्ने ठोस खाका ल्याउने भनिएपनि त्यो नभएपछि त्यसअघि नै मन्त्रीले राजिनामा दिएकी छन् ।

मन्त्रिपरिषद् बैठकले उनको राजिनामा स्वीकृत गर्ने वा नगर्ने भन्नेबारे निर्णय आजै हुनेछ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal