आज : २०८२ बैशाख, २९

निषेधित क्षेत्र तोड्ने राप्रपाकाे तयारी, उलंघन गरे गिरफ्तार गर्ने गृहले चेतावनी

  • अनलाइन डबली
  • २०८२ बैशाख ०७ गते   बिहान १०:१८ बजे

काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा निषेधाज्ञा तोड्ने गरी प्रदर्शनमा आउने भएको छ ।

गत साता सम्पन्न केन्द्रिय कार्य सम्पादन समितिको बैठकको निर्णय अनुसार आज राप्रपाले काठमाडौं, बानेश्वरस्थित निषेधित क्षेत्र तोडन खोजेको हो ।

गत चैत १५ गते भएको प्रदर्शनमा हिंसात्मक भए पछि सरकारले राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई पक्राउ गरेको तथा उनीहरूको रिहाईको मागसहित राप्रपाले काठमाडौंमा निषेधित क्षेत्र तोडन लागेको हो ।

तर, गृह मन्त्रालयले निषेधित क्षेत्र तोडने राप्रपाको तयारी प्रति जानकार रहेको भन्दै कानुन उलङ्घन नगर्न चेतावनी दिएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal