आज :

प्रभु बैंक र गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

  • अनलाइन डबली

पोखरा । प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं. ६ अर्घलेस्थित गोरखा गार्डन होटल प्रा.लि.बीच व्यवसायीक साझेदारीको लागि सम्झौता भएको छ ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी र ग्राहर्कहरुलाई गोरखा गार्डन होटलले उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्नेछ ।

यही बैशाख २ गते एक समारोहबीच भएको सम्झौतामा प्रभु बैंक लिमिटेड तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख अधिकृत राजु राना र होटलका तर्फबाट अध्यक्ष सुरेन्द्र कुवँरले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै बिद्युतीय माध्यमद्वारा बील भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रा.लि.मा उपलब्ध आवास, खाना तथा मनोरञ्जनलगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

गोरखाको मुटुमा अवस्थित, गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ ।

प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटल प्रा.लि.बीच भएको योे साझेदारीले गोरखाको पर्यटनको प्रवद्र्धन हुनुका साथै ग्राहकहरु पनि लाभान्वित हुने प्रभु बैंकले विश्वास गरेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal