
काठमाडौं – टोखा नगरपालिका वडा २ मा रहेको श्रीसिद्धिविनायक सपनतिर्थमा आज विशेष मेला लागेको छ। यहाँ नयाँ वर्षको पहिलो दिन प्रत्येक वर्ष मेला लाग्ने गर्दछ । आज सपनतीर्थमा स्नान मेला पनि शुरू भएको छ । यहाँ स्नान गर्न काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन आएका छन् । सपनतीर्थमा स्नान गरेपछि कुष्ठरोग निको हुने जनविश्वास छ । सपनतीर्थमा मेलासँगै टोखामा विस्का नखः (जात्रा) पनि शुरू भएको छ ।
आख्या यस्तो छ –
काठमाडौँबात १० कि मि उत्तर शिफुचो ( शिवपुरी ) पर्वतको फोदमा अवस्थित टोखाको पर्यायका रूपमा चिनिन सपनतीर्थ बज्रयोगिनी डाँडाको पादमा रहेको छ । बौद्ध देवी बज्रयोगिनीको पादमा अवस्थित • सपनतीर्थ बहिर्मुखी र दूधमुखी दुई गंगा नदीको संगममा दुईतले गणेश मन्दिरसहित रहेको छ ।
” प्रख्यात किंवदन्ती अनुसार सत्यवन्त राजाका सातवटी छोरी मध्ये छवटीको विवाह भयो तर कान्छी छोरी केशरी मैयाले भने पिताले जो संग भन्छ त्यसै अनुसार विबाह गर्ने गर्दा राजाले ख्यालख्यालैमा त्यसो भए त्यो पाटीमा बस्ने महारोगीसँग विवाह गछयौं त ? भन्दा छोरीले हुन्छ भनिदिइन् । राजाको मुखबाट निस्किएको बोली काट्ने कुरा भएन , केशरी मैयाले कुष्ठरोगी संग विबहा नै गरिन् । विवाहपश्चात् समाजमा महारोगीलाइ नगर भित्र राख्न हुन्न भन्ने मन्नेता अनुसार एकान्त ठाउमा हालको सपन तिर्थ नजिकै सिद्धमान ज्यापूले बनाइदिएको सत ( छाप्रा) मा बस्न लागे ।
एकदिन एकजना गोठाला गाई चराउँदै सपनतीर्थ नदी किनारमा पुग्दा गोठरौलाको गालामा फट्यांग्रा पर्न आएछ । हातले च्याप्प समाति हात खुट्टा चुदालेर फट्यांग्रोलाई गंगा नदीमा फ्याकिदिदा अचम्म भयो , फट्यांग्रो जस्ताको तस्तै भएर पाखा लाग्न थालेछ । यस प्रकारको वृतान्त हेरिरहेका महारोगीले राति देखेको सपनालाई दिनमा जस्ताको तस्तै भेटेपछि बामे सर्दै गंगामा डुबुल्की मार्दा महारोगी सुन्दर युवकका रूपमा परिवर्तन भएर बाहिर आएछन् । गोठाला आश्चर्यचकित हुँदै हल्लाखल्ला गर्दै ति युवकलाइ अविर जात्रा गरि नगर प्रवेष गराए छन् । सोही दिनको स्मरणस्वरूप टोखामा प्रत्येक वर्ष वैशाख १ गतेदेखि सपनतीर्थ नुहाउने मेला लाग्न थालेको बताईन्छ ।
बैशाख १ कै दिनमा संयोगले नजिकै रहेको शिवपुरी जंगलमा रहेको जडीबुटी मिसिएर बग्दै आएको बहिर्मुखी र दूधमुखी दुई गंगा नदिमा नुहाएका कारण महारोग लगाएत अन्य रोगहरु निको हुने जनाबिस्वासका कारण टाढा टाढाबात समेत यो दीन यस तिर्थमा नुहाउन मानिसहरु आउने पुराना पुस्ताले सुनाउने गर्छ ।
आफ्ना पतिलाई महारोगजस्ता जघन्य रोगबाट मुक्ति दिलाएको तीर्थ सपनतीर्थमा सत्यकेशरी मैयाले सिद्धिविनायक र कार्यविनायकको आह्वान गरी सपनतीर्थ स्थापना गराएको हो । सपनविनायक गणेशस्थानबाट करिब १५ मिनेट शिवपुरी डांडामाथि उक्लिएपछि वज्रयोगिनी देवीको ढुंगे देवस्थल रहेको छ । जहाँ टोखा देशको जात्रा हुँदा अन्त्यमा देशवासी क्षमापूजा गर्न जाने गर्दछन् ।