आज :

बिस्का जात्रामा ढुङ्गा हान्नेलाई प्रहरीले कडा कारवाही गर्ने

  • अनलाइन डबली

भक्तपुरको प्रसिद्ध बिस्का जात्रामा ढुङ्गा हान्नेलाई प्रहरीले कडा कारवाही गर्ने भएको छ । जात्राको सुरक्षाका लागि जात्रा भड्काउन खोज्ने, ढुङ्गा हान्ने र हुलदङ्गा गर्न खोज्नेलाई पक्राउ गरी कडा कारबाही गरिने भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव बुढाथोकील बताएका हुन् ।

जात्रामा दंगा भड्कने अवस्था देखेर प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनासहितको सुरक्षा टोली आवश्यकताअनुसार खटिउने भएको छ । आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्राको भैरवको रथ वंशगोपाल पुर्याएको छ ।

बिहीबार गुठी संस्थानको प्रमुख र सिकर्मी नाइके, समुदाय तथा सरकारी पूजा सकेर भैरवको रथ तान्न सुरू गरिएको थियो । तान्त्रिक विधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमान ढोकाबाट राजाको प्रतीकस्वरूप ल्याइएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरू भएको थियो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal