आज :

महाबैमा आँखा शिविर: ४५३ को चेकजाँच, दर्जनौँको दृष्टि फर्कियो

  • अनलाइन डबली

सुर्खेत , चैत २८
कालिकोटको महाबै गाउँपालिकामा आयोजित दुई दिने निशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। यही चैत २६ र २७ गते आयोजना भएको शिविरमा जम्मा ४५३ जनाको आँखा परीक्षण गरिएको छ भने ६७ जनाको मोतिबिन्दु लगायतका शल्यक्रियाहरू गरिएको छ।

शिविरमा हिमालय आँखा अस्पताल, पोखरा र Eye Care Foundation को प्राविधिक सहकार्य रहेको थियो। साथै Oda Foundation, नेत्र ज्योति संघ तथा आँखा उपचार केन्द्र, कालिकोटको संयोजनमा कार्यक्रम सम्पन्न गरिएको हो ।

स्थानीय बासिन्दाहरूले लामो समयदेखि व्यहोर्दै आइरहेका आँखासम्बन्धी समस्यामा राहत पुगेको भन्दै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले शिविर संचालनका लागि सहयोग गर्ने सम्पूर्ण संस्था र चिकित्सकहरूप्रति धन्यवाद व्यक्त गरेका छन् ।

उनले शिविर संचालनले गाउँमै सेवा पुगेको हुँदा वृद्धवृद्धा र दुर्गम बस्तीका नागरिकहरू लाभान्वित भएकोमा खुशी व्यक्त गरेका छन्।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal