आज :

ससुरालाई बाबु बनाई भारतीय नागरिकले लिए नेपाली नागरिकता

  • अनलाइन डबली

बारा । बाराको पचरौता नगरपालिका– ५ मा एक भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन ।

भारतको मोतिहारी जिल्ला जितना थाना स्थित बडइला बस्ने रामकैलाश यादवले ससुरा नवल राय यादवसँग मिलेर छोरा बनि बंशजको नागरिकता लिएका हुन ।

रामकैलाशले झुटो विवरणको आधारमा २०६३ फागुन २६ गते नागरिकता वितरण टोलीमार्फत गाउँबाटै बंशजको आधारमा नेपाली नागरिकता हात पारेका थिए । उनले तत्कालिन टोली प्रमुख जटेश्वर सिंहको हस्ताक्षरमा ३३०४९/५०८३ नम्बरको नागरिकता लिएका हुन । रामकैलाश यादवले भारत र नेपाल दुवै देशको परिचयपत्र बोकेर निर्वाध हिँडडुल गरिरहेको गुनासो स्थानीयले समेत गरेका थिए ।

भारतमा उनको नाममा जातीय प्रमाणपत्र, मतदाता परिचयपत्र र आधार कार्डसमेत जारी भएको बताइएको छ ।

दोषिमाथि कारबाही गर्न नगर प्रमुख जालन्धर सिंहको माग

नक्कली कागजपत्रको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइए पछि पचरौता नगरपालिकाका नगर प्रमुख जालन्धर सिंह जैसवारले दोषिमाथि कारबाहीको माग गर्दै सामाजिक सञ्जालमा घटना सार्वजनिक गरेका हुन ।

नगर प्रमुख जैसवारले पचरौता नगरपालिकाबाट एकजना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाण पत्र लिएको पाईएको बताए । एक भारतीय नागरिकले आफ्नो ससुरालाई बुबा बनाएर बंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेका पाईएको छ नगर प्रमुख जैसवारले भने, ‘नागरिकता टोलीमार्फत रामकैलाशले झुटो विवरणको आधारमा नागरिकताको प्रमाण पत्र लिएका हुदाँ छानबिन गरी दोषिमाथि कडा कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय बारालाई अनुरोध गर्दछु ।’

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal