आज :

सुर्खेतमा रहस्यमयी गोली प्रहार: छाना छेड्दै घरभित्र खस्यो गोली

  • अनलाइन डबली

बिरेन्द्रनगर ।


बिरेन्द्रनगर नगरपालिका–१० स्थित बुलबुले टोलका युबराज रिजालको घरमा अज्ञात स्थानबाट आएको गोलीले छाना छेडेर घरभित्र खसेको  छ।

शनिबार बिहान करिब ८ बजेको समयमा युबराजकी श्रीमती टीका रिजाल नास्ता पकाउने तयारीमा थिइन्, सोही बेला एक्कासि ठूलो आवाज सहित गोलीले टिनको छाना छेड्दै प्लास्टिक र फिउस (एलुमिनियम) को बाटा छेडेर भुइँमा खसेको हो।

टीका रिजालका अनुसार, उनी चुलोमा नास्ता पकाउँदै थिइन्, त्यत्तिकैमा ठूलाे आवाज आएपछि बाटा छेडिएको देखेकी थिइन्। प्रारम्भमा थाहा नभए पनि छिमेकीलाई खबर गरेपछि मात्र त्यो आवाज गोलीको भएको पत्ता लागेको उनले बताइन्।

घटनापछि प्रहरी घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय डाँगीका अनुसार गोली फेला पारिएको छ र आवश्यक मुचुल्का तयार गरी बरामद गरिएको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हालसम्म गोली कसले र किन चलाएको भन्ने स्पष्ट भइनसकेको र घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal