आज :

नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा ६ जना पत्रकारलाई पत्रकारिता पुरस्कार प्रदान

  • अनलाइन डबली

काठमाडौं। नेवाः पत्रकार राष्ट्रिय दबूले यस वर्ष ६ जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ । पत्रकार राष्ट्रिय दबूको शनिबार मध्यपुर थिमीमा आयोजित १३ औं साधारण सभामा नेपाल भाषामा पत्रकारिता मार्फत योगदान पुर्याए बापत सो पुरस्कार प्रदान गरिएको हो।

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार मेट्रोएफएमका वरिष्ठ पत्रकार जुजुमान महर्जनलाई प्रदान गरेको  छ।सो पुरस्कारको नगद राशि १० हजार रुपैयाँ रहेको छ । त्यसैगरी नेपालका पहिलो त्रिपिटकाचार्य एवं २००१ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेरले निकाला गर्नुभएका आठ भिक्षु मध्ये एक भिक्षु कुमारकाश्यप महास्थविरको नाउँमा भिक्षु कौण्डन्यले स्थापना गर्नुभएको भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार पत्रकार नेपाल मण्डल टेलिभिजनमा क्रियाशील राजाराम बज्राचार्यलाई प्रदान गरेको छ।यस पुरस्कारको नगद राशि २० हजार रुपैयाँ रहेको छ ।

यसै गरि  ललितपुर जिल्लामा पहिलो अपांगमैत्री भवन बनाउने कार्यको अग्रसरता लिनुभएका समाजसेवी मोतिशान्ति शाक्यले आफ्नी आमा र बाबुको नाउँमा स्थापना गर्नुभएको ज्ञानदेवी– मणी पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार नेवाःएचडी टेलिभिजनका वरिष्ठ पत्रकार नवीन जोशीलाई प्रदान गरेको  छ। यस पुरस्कारको नगद राशि २० हजार रुपैयाँ रहेको छ । देवशोभा कंसाकारद्वारा स्थापित ज्ञानज्योति – लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार भक्तपुरको जनसञ्चार मिडियाका सु्रेश सैंजुलाई प्रदान गरेको छ ।यो पत्रकारिता पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । त्यसैगरी ललितपुरका समाजसेवी एवं व्यवसायी बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका  फोटोपत्रकार मनोजरत्न शाहीलाई प्रदान गरेको  छ। यस पुरस्कारको नगर राशि १० हजार रुपैयाँ रहेको छ ।

विजयराम कर्माचार्यद्वारा स्थापित श्रीरामस्मृति पत्रकारिता पुरस्कार चितवनका पत्रकार निशा श्रेष्ठलाई प्रदान गरेको  छ । पत्रकारिता क्रियाशील, नेपाल भाषाको माध्यम पत्रकारिता, पत्रकारितामा संस्कृति, सम्पदा, समावेशीकरण, आदिवासी जनजातिको सवालमा पत्रकारिता मार्फत पु¥याएको योगदान, लैङ्गिक समावेशी, भौगोलिक र लगायत पक्षलाई आधारका रुपमा पुरस्कार प्रदान गरिएको दबुले जनाएको छ ।

पुरस्कृत व्यक्तित्वहरुलाई वाग्मती प्रदेश सरकारका श्रम, राजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सम्मानपत्र प्रदान गरे। सो अवसरमा मन्त्री महर्जनले जातीय विविधताको सम्बोधन, सामाजिक न्यायको लागि पत्रकारहरु संवेदनशील हुनुपर्नेमा जोड दिदै समावेशी पत्रकारिताको विकास र मातृभाषाको पत्रकारिताको क्षेत्रको लागि वाग्मती प्रदेश सरकारले ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपालभाषा, संस्कृति, सम्पदाको संरक्षणमा वाग्मती प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले त्यसको विकास लागि विनियोजित बजेट सदुपयोग गर्न आग्रह गरे।सञ्चारमाध्यम समावेशी बनाउने कार्यमा प्रदेश सरकारको तर्फबाट आफ्नो महत्वपूर्ण पहलकदमी रहने बताउँदै मन्त्री महर्जनले समाजको विकासको लागि जनउत्तरदायी स्वस्थ पत्रकारिता हुुनुपर्नेमा जोड दिए।

सो अवसरमा केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले प्रेस स्वतन्त्रताको उच्चत्तम अभ्यासका लागि सञ्चारमाध्यम समावेशी भएर विभिन्न जातजाति र भाषाभाषीको आवाजलाई स्थान दिनुपर्ने र मातृभाषाको पत्रकारिताको विकासका लागि राज्यको ध्यान जानुपर्नेमा केन्द्रीत गर्दै आ आफ्नो धारणा राखे ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal