
काठमाडौँ । काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ । दिउँसो २.३६ मिनेटमा उपत्यकाका भूकम्पको धक्का महसुस भएको हो ।
विस्तृत विवरण आउन बाँकी छ तर नेपालमा भुकम्प केन्द्र नभएको बताइएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार तिब्बत केन्द्रबिन्द बनाएर भूकम्प गएको हो ।
ईएमएससी ईयूका अनुसार पश्चिमी सिजाङमा केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएकाे थियाे । याे नेपालकाे नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तर पश्चिम रहेको बताइएकाे छ ।
विहान मात्रै बागलङ केन्द्रबिन्दु बनाएर ४.१ रेक्टरस्केलकाे भुकम्प गएकाे थियाे ।