
काठमाडौँ । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ आज सर्लाहीमा पुगेको छ । अध्यक्ष प्रचण्डसहितका शिर्ष नेताहरु विहानैबाट भेटघाटमा व्यस्त रहेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड उपाध्यक्ष अग्नी सापकोटा, उपमहासचिव प्रभाकर विहानैबाट जनतासँग भेटघाटमा रहेका छन् ।
मर्निङ वाकको क्रममा प्रचण्ड टीम पर्सा गाउँपालिकाको मुस्लिम बस्तीमा पुगेको थियो । अहिलेसम्म कुनै पनि शिर्ष नेता नआएको यो बस्तीका स्थानीय उत्साहित छन् । उनिहरुले आफ्ना गुनासा प्रचण्डलाई सुनाइरहेका छन् ।
त्यसैगरी सोही गाउँपालिका वडा नं. ५ मा लोपोन्मुख डोम समुदायसँग माओवादी नेताहरु साक्षात्कार गरेका छन् । प्रचण्डसहितका नेताहरु गाउँमा पुग्दा फोटो खिच्नेहरुको भिड लाग्ने गरेको छ भने नेताहरु आफ्ना घरमा पुग्दा खुशी हुँदै आभार व्यक्त गरिरहेका छन् ।
आज विहानै प्रचण्ड र प्रभाकरले पर्सा गाउँपालिकामा सहिद परिवारसँग पनि भेटघाट गरेका छन् ।
अभियानकै क्रममा चन्द्रनगर गाउँपालिकाको कार्यालयमा जनप्रतिनिधिले प्रचण्ड टीमलाई स्वागत गरेका छन् ।