
महाेत्तरी । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ।
‘हामी बालेन्द्र शाहको पूर्खौली घरमा आइपुगेका छौं, रमाइलो महशुस भइरहेको छ । हामी सबै मिलेर देश बनाउनुछ । एकथरी मान्छेहरु इतिहासलाई पछाडि धकेल्ने कोशिस गरिरहेका छन् । जनताले धेरै ठुलो संघर्ष र बलिदान गरेर ल्याएको संघीयता, समावेशता, समानुपातिकलगायत परिवर्तन जसले महिला, मधेसी, जनजाति, दलित, मुस्लिम, थारुलाई अधिकार दिएको छ । यसलाई उल्याउने कोशिस हुँदै आएको छ’ प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले जनतालाई अझ धेरै अधिकार दिन संघर्ष गरिरहेको बताए ।
कार्यक्रम भएको स्थल काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र साहको पुर्ख्यौली घर हो, जो हाल गाउँपालिकाले प्रयोग गरिरहेको छ ।