आज :

अन्ततः पछि हट्याे सरकार, भुमिसम्बन्धि अध्यादेश छाेडेर बाँकी पाँच अध्यादेश प्रतिनिधिसभामा पेश हुँदै

  • अनलाइन डबली

काठमाडौँ । अन्ततः सरकार ६ वटै अध्यादेश पास गराइछाेड्ने अडानबाट पछि हट्न बाध्य भएकाे छ ।

जसपा नेपालले बरू सरकारलाइ दिएकाे समर्थन फिर्ता लिने तर भुमिसम्बन्धि अध्यादेशकाे पक्षमा नउभिने अडान नछाेडेपछि प्रधानमन्त्री केपी शर्मा ओली पछि हट्न बाध्य भएका हुन् ।

आज दिउँसाे प्रतिनिधिसभाको बैठक आज बस्दै छ । १ बजेदेखि शुरु हुने बैठकमा सरकारले यस अघि संसदमा पेश गरेका विभिन्न पाँच अध्यादेशमाथि छलफल र स्वीकृतीका लागि पेश हुने संघीय संसदले सार्बजनिक गरेको आजको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सरकारले आज यस अघि जारी गरिएको भुमिसम्बन्धि अध्यादेश बाहेक अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेश गर्ने भएको हो ।

सरकारमा रहेका सत्तारुढ दलहरुबीच सोमबार साँझ भूमिसम्बन्धि अध्यादेश बाहेक अन्य अध्यादेश स्वीकृति गराउने सहमति भए बमोजिम संसदमा आज यी अध्यादेशहरु स्वीकृतिका लागि पेश हुने भएका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal