
काठमाडौं । थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा जनजीवन अस्तव्यस्त भएको छ ।
मंगलबार विहान काठमाडौंको थापाथली क्षेत्रमा पाइप फुटेपछि सडक नै अवरुद्ध भएको छ । पाइप फुट्दा सडक पनि भत्किएको छ भने सडक पेटीमा पनि क्षति पुगेको छ ।
थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा फुटेको खानेपानीको पाइपका कारण ठूलो फोर्समा पानी बाहिर निस्किएको थियो ।
यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो ।