आज :

प्रकृतिका बुवा सुनिल भन्छन्- मैले छोरी गुमाएँ, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्

  • अनलाइन डबली

काठमाडौं । भारतकाे ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत फेला परेकी प्रकृति लम्सालका बुवा सुनील लम्सालले आफूले न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार बिहान भुवनेश्वर पुगेका लम्सालले भारतीय मिडियासँग भने, ‘मैले मेरी छोरी गुमाएको छु। धेरै अन्य बालबालिकाहरू यहाँ पढिरहेका छन्। अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस् ।’

भारतीय संचारमाध्यम तथा सामाजिक संजालमा नेपाली विद्यार्थीहरूलाई होस्टेलबाट निकालिएको फाेटाे र भिडियाे सार्वजनिक भएका छन् । लम्सालले भातरीय संस्थाका मानिसहरू नेपाल जान्छन् र विद्यार्थीहरूलाई यहाँ पढ्न बोलाउँछन् तर दुर्व्यवहार गर्ने गरेकाे समेत बताए ।

लम्सालले उडिशा सरकार र प्रहरी प्रशासनमाथि विश्वास व्यक्त गर्दै आफ्नी छोरीको मृत्युको घटनामा न्याय पाउने आशा व्यक्त गरे। ‘मैले मेरी छोरीलाई उच्च शिक्षाका लागि यहाँ पठाएको थिएँ। हामीलाई आशा छ सरकारले न्याय सुनिश्चित गर्नेछ। हामीलाई सरकार र प्रहरी प्रशासनमाथि विश्वास छ।’

प्रकृति लम्सालको शव आइतबार साँझ उनको होस्टेलको कोठामा फेला परेको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal