
काठमाडौँ । नेपाल भाषालाई होच्च्याएको , अश्लिल शव्द प्रयोग गरि गिज्याएको आरोपमा ३ जना कमेडियन विरुद्ध प्रहरीमा निवेदन दर्ता गरिएको छ ।
कमेडियनहरू सजन श्रेष्ठ, सुशान्त प्रधान र उत्सव सापकोटाविरुद्ध नेवार समुदायका १५ जना व्यक्तिले काठमाडौं प्रहरी परिसरमा निवेदन दिएका हुन् ।
निवेदनमा नेवार संस्कृति र परम्परालाई आँच आउने भाषाको प्रयोग गरिएकाले कार्वाहीको माग गरिएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिल बोहराका अनुसार निवेदन दर्ता भएको छ।