 
	
काठमाडौँ । श्री जोरगणेश सामुदायिक सिकाई केन्द्रको आयोजनामा नेतृत्व विकास तालिमू कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिका सामाजिक विभागको सहयोगमा संचालन भएको कार्येक्रम शनिबार सम्पन्न भएको हो। उक्त तालिममा ६० जना सहभागीहरूले सक्रिय रूपमा कोर्स पूरा गरेका छन्।
तालिमको मुख्य उद्देश्य नेतृत्व क्षमता अभिवृद्धि, प्रभावकारी संचार, र सामुदायिक सहभागिता विकास गर्नु रहेको आयोजकको भनाइ रहेको छ । प्रशिक्षक रूपेन्द्र महर्जन को नेतृत्वमा सहभागीहरूले नेतृत्व सिद्धान्तहरू, समस्या समाधानका उपायहरू, निर्णय क्षमताको विकास, र परिवर्तनकारी नेतृत्वको सिद्धान्तहरू सिकेका थिए।
तालिमका क्रममा सहभागीहरूलाई प्रभावकारी नेतृत्वमा आवश्यक ज्ञान र व्यवहारिक सीप प्रदान गरिएको थियो। उनीहरूले टीमवर्क, संचार शैली, तथा आत्म(प्रेरणाका विषयमा विभिन्न कार्यशालाहरूमा सहभागिता जनाए।
कार्यक्रमकी प्रमुख अतिथि तथा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल ले नेतृत्वको महत्त्वबारे जोड दिँदै भनिन्- ‘ नेतृत्व भनेको पदमा पुग्नु मात्र होइन, समाजलाई सही दिशामा डो(याउनु हो। एक प्रभावकारी नेता आफू मात्र अघि बढ्दैन, बरु घर व्यवसाय, समुदायलाई संगठित गर्दै सबैलाई अवसर सिर्जना गरिदिन्छ। ’ उनले तालिमका सहभागीहरूलाई आफ्ना विचार, दृष्टिकोण, र निर्णय क्षमतालाई मजबुत बनाउँदै समाजलाई नेतृत्व दिनुपर्ने प्रेरणा प्रदान गरिन्।
नेतृत्व विकास तालिमको औपचारिक उद्घाटन सत्रमा प्रतिष्ठित अतिथिहरूले आफ्ना प्रेरणादायी विचार व्यक्त गरे। कार्यक्रमको सभापति तथा श्री जोरगणेश सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष सजनी महर्जनले उद्घाटन मन्तव्य राख्दै स्थानीय समुदायमा नेतृत्व विकासको आवश्यकताको बारेमा प्रकाश पारिन्। उनले भनिन्- ‘ हाम्रो समुदायको सशक्तीकरणका लागि प्रभावकारी नेतृत्व अपरिहार्य छ। यो तालिम नेतृत्वदायी क्षमता अभिवृद्धि गर्न तथा समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण कोसेढुंगा हुनेछ। ’ उनले सहभागीहरूलाई सक्रिय रूपमा सिक्न, आत्म(विश्लेषण गर्न, र समाजलाई नेतृत्व गर्न सक्षम बन्न आग्रह गरिन्।
काठमाडौँ महानगरपालिका वडा नं। २३ का अध्यक्ष मचाराजा महर्जनले सामुदायिक नेतृत्व र जिम्मेवारीबारे प्रकाश पार्दै सहभागीहरूलाई सामाजिक उत्तरदायित्व पूरा गर्न अनुरोध गरे। उनले भने,- ‘ ूनेतृत्व भनेको राजनैतिक मात्र होइन, स्थानीय नेतृत्व भनेको समुदायका समस्या बुझ्ने, समाधान खोज्ने, र सबैलाई समेट्दै अघि बढ्ने प्रक्रिया हो। तपाईंहरू यहाँबाट सिकेर निस्कनुहुन्छ, तर असली नेतृत्व तपाईंकै कार्यक्षेत्रमा देखिनुपर्छ। ’ उनले तालिमको प्रभावकारिता सुनिश्चित गर्न सहभागीहरूलाई व्यवहारिक प्रयोगमा ध्यान दिन आग्रह गरे।
तालिममा सहभागीहरूले आत्म(प्रेरणा, निर्णय क्षमता अभिवृद्धि, संचार दक्षता, र समस्यासँग जुझ्ने क्षमता विकसित गरेको प्रतिक्रिया दिए। उनीहरूले व्यक्तिगत तथा सामूहिक नेतृत्व क्षमतामा सुधार आएको बताउँदै आगामी दिनमा सिकेका कुराहरू व्यवहारिक रूपमा लागू गर्ने प्रतिबद्धता जनाए।
तालिमको समापन कार्यक्रममा प्रशिक्षक रूपेन्द्र महर्जनलाई सम्मानपत्र प्रदान गर्दै धन्यवाद व्यक्त गरियो। साथै, सहभागीहरूले तालिमको अनुभवलाई व्यक्तिगत तथा पेशागत जीवनमा प्रभावकारी रूपमा प्रयोग गर्ने योजना प्रस्तुत गरे।
अन्त्यमा, श्री जोरगणेश सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष सजनी महर्जनले आगामी दिनहरूमा थप प्रभावकारी नेतृत्व तालिमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
यस सफल नेतृत्व विकास तालिमले सहभागीहरूलाई आत्म(विश्वास अभिवृद्धि, निर्णय क्षमताको विकास, र समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा प्रदान गरेको छ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 अनलाइन डबली
अनलाइन डबली


