आज :

छिन्नमस्ताका अध्यक्ष चौधरीलाई सप्तरी र धनुषाका गाउँपालिका हेर्ने जिम्मा

  • अनलाइन डबली

काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीलाई सप्तरी र धनुषा जिल्लाका सबै गाउँपालिकासँग समन्वय गर्ने जिम्मेवारी दिएको छ । चौधरी महासंघका केन्द्रीय सदस्यसमेत हुन् ।

गाउँपालिका राष्ट्रिय महासंघको माघ ६ र ७ गते बसेको बैठकले केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई देशभरका गाउँपालिकाहरुको समन्वय गर्ने जिम्मेवारी दिने निर्णय गरेको थियो ।

बैठकको सोही निर्णयअनुसार महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डेले चौधरीलाई सप्तरी र धनुषा जिल्लाका गाउँपालिकाको समन्वय गर्ने जिम्मा दिएकी हुन् ।

जिम्मेवारी पाएका पदाधिकारी र सदस्यले स्थानीय सरकार सवालहरुमा महासंघ र स्थानीय सरकारहरुबीच संचार समन्वय तथा सहजीकरण गर्नेछन् । त्यस्तै महासंघको सदस्यता शुल्क संकलनलगायतमा समेत संयोजन गर्ने जिम्मेवारी पाएका पदाधिकारी र सदस्यले काम गर्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal