आज :

निःशुल्क आँखा जाँच तथा मोतिविन्दुको शल्यक्रिया गर्दै आएको “युवा नेत्र सेवा”ले पुरा गरे २९ वर्ष यात्रा

  • अनलाइन डबली

काठमाडौँ  । दैनिक एक कप बराबरको रकम दान बात बनेको  “ एक कप चिया”  अभियान अन्तर्गत निःशुल्क आँखा जाँच तथा मोतिविन्दुको शल्यक्रिया गर्दै आएको  युवा नेत्र सेवाले २९ वर्ष यात्रा पूरा गरि ३० औ बर्षमा प्रवेस गरेको छ । २०५२ सालमा  नेत्र अनुसन्धानविज्ञ सिद्धार्थ रञ्जितले काठमाडौँको उत्तर-पश्चिम कुनोमा अवस्थित धर्मस्थलीबाट शुरु गरिएको युवा नेत्र सेवा नामक संस्थामार्फत् शुरु गरेको सेवा कार्य वर्तमानमा देशकै नमूना नेत्र सेवा गर्ने अभियान बनेको छ ।

सेवाले शनिबार आफ्नो तीसौँ वर्ष प्रवेशको अवसरमा आयोजना गरेको वार्षिकोत्सव कार्यक्रम पनि मानव सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुलाई निःशुल्क मोतिविन्दु शल्यक्रिया साथै औषधी सेवा प्रदान गरेको छ ।
व्रिष्ठ नेत्र विशेषज्ञ डा. सुधीर गौतम र वरिष्ठ बाल हृदय रोग विज्ञ उर्मिला शाक्यद्वारा दीप प्रज्ज्वलन गरेर शुरु गरिएको कार्यक्रममा सुरेन्द्र ढकाल प्रतिष्ठानका तर्फबाट सेवा कार्यका लागि ३० हजार रुपियाँको चेक प्रदान गर्नु भयो ।

कार्यक्रममा शहरी गरीबहरुका लागि सेवा प्रदान गर्ने संस्था “सूप” का तर्फबाट समाजसेवी गुजेश्वरी श्रेष्ठले शल्यक्रिया गरिएका ज्येष्ठ नागरिकहरुलाई औषधी प्रदान गर्नुभएको थियो।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal