आज :

उपचुनाव भ्रष्टाचारको पक्ष र विपक्षमा जनमतसंग्रहः प्रचण्ड

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रचण्डले चुनाव भ्रष्टाचारको पक्ष र विपक्षबिचमा जनमत सङ्ग्रह भएको बताएका छन् । कीर्तिपुरमा विहीबार भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकारमा भएका पार्टीहरु भ्रष्टाचारीको पक्ष र आफूहरु विपक्षी भएको भएको बताउँदै जनताले आफ्नो मत व्यक्त गर्ने बताए ।

चुनावको आचारसंहिता लागु हुन पूर्व आयोजित चुनावी सभामा प्रचण्डले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारीविरुद्ध निरन्तर प्रहार गर्न थालेपछि रातारात नेपाली काँग्रेस र नेकपा एमाले एकठाउँमा पुगेको दाबी समेत गरे । प्रचण्डले आफ्नो पार्टी भ्रष्टाचारको विपक्षमा भएकोले मत दिन कीर्तिपुरबासीलाई आग्रह समेत गरे ।

उपचुनावलाई जनता भ्रष्टाचारको पक्षमा छन् या विरुद्ध छन् भन्ने फैसला गर्ने सर्वोच्च अदालत भएको बताउँदै प्रचण्डले भनेनेपाली जनता भ्रष्टाचारका पक्षमा हुन
नसक्ने बताए ।

नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका पक्षमा रहेको समेत बताए । कीर्तिपुरबासी जहिले पनि परिवर्तनको पक्षमा उभिएको विगत भएको बताउँदै प्रचण्डले अहिले सुशासन र भ्रष्टाचारविरुद्धको आन्दोलनमा आफूहरुले अगाडि सारेका उम्मेदवारलाई जिताउन अपील समेत गरे ।

एक अर्को प्रसंगमा बोल्दै प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकार असंवैधानिक ढंगले बनेको दाबी गर्दै आवश्यक परे नयाँ आन्दोलनतिर पनि जाने बताए ।

‘अहिलेको सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्न खोज्दैछ। त्यसको फैसला जनताले सुनाउनेछ। जरुरी पर्यो भने हामी नयाँ आन्दोलनतिर पनि जानेछौं’ प्रचण्डले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal