काठमाडौँ । उपचुनाव अन्तरगत प्रचारप्रसारको आज अन्तिम दिन । निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ ।
उपचुनावको ‘इपिसेन्टर’ बनेको काठमाडौँको कीर्तिपुर नगरपालिकामा पनि उम्मेदवार चुनावी अभियानलाई बिट मार्दैछन् । विहानैबाट उम्मेदवार मतदाताको घरघरमा पुगेका छन् ।
कीर्तिपुरमा सबैभन्दा बढी चर्चामा रहेका उम्मेदवार हुन् प्रा.डा. शिवशरण महर्जन । नेकपा (माओवादी केन्द्र) ले महर्जनलाई अगाडि सारेसँगै कीर्तिपुरमा राजनीतिक हलचल ल्याएको थियो । उम्मेदवारी घोषणादेखि प्रचारप्रसारको अन्तिम दिनसम्म डा. महर्जनको पक्षमा चुनावी माहोल र चर्चा एकपछि अर्को बढ्दै गएको छ ।
लामो समयदेखि शिक्षा र सामाजसेवामा सक्रिय डा. महर्जनलाई यसपटक आफूहरुले मत लिने प्रतिक्रिया दिएका छन् । नगरपालिकाका सबै वडाका मतदातासँग पुग्दा आफू निकै उत्साहित भएको डा. महर्जनले बताएका छन् ।
विहीबार कीर्तिपुरका बुद्धिजीविहरुले सुशासनको लागि पनि डा. शिवशरणलाई जिताउनैपर्ने बताएका थिए । कीर्तिपुरको विकासको लागि डा. शिवशरण जतिको सक्षम व्यक्ति नभएको बताए ।
‘म माओवादी बाहिरको भएपनि उहाँको नैतिक, आदर्श र उच्च सामाजिक व्यक्तित्वका कारण म र यहाँका उच्च व्यक्तित्वहरु यो अवसर नगुमाउन खटिरहेका छौं’ नागरिक अगुवा श्याम श्रेष्ठले बताए ।
त्यसैगरी प्र.डा.चन्द्रमान बज्राचार्यले डा.महर्जनको जित शुनिश्चित रहेको बताउँदै कीर्तिपुरमा भिजनसहितको यतिको उम्मेदवार पाउँदा नगरवासी खुसी भएको बताए । उनले कीर्तिपुर घरघरमा र मनमनमा डा. महर्जन भएको बताए ।
विहीबार अन्तिम चुनावी सभामा मतदाताकाे सहभागिताले पनि जनताकाे घरघरमा शिवशरण पुगेकाे देखिएकाे बताइएकाे छ । चुनावी सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गरेका थिए ।