काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश भिमलाल बेल्बासेको इजलासले रविमाथी थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
सहकारीको रकम अपचलनको मुद्दामा सरकारले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर रविलाई कास्की पुर्याएर प्रहरीले अनुसन्धान गरिरहेको छ । उनिमाथि थप सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान भइरहेको छ ।
यसैबीच कास्कीमा मुद्दा दर्ता गर्नुअघि नै प्रहरीले बयानको लागि चितवन ल्याउने तयारी भइरहेको छ । संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा पुरक जाहेरी लिएर अनुसन्धान गरिरहेको छ । चितवन ल्याएर बयान सकेर एकैपटक मुद्दा दर्ता गर्ने प्रहरीको तयारी रहेको बताइएको छ ।
प्रहरीले जिल्ला अदालत चितवनबाट शुक्रबार लामिछाने लगायत पुरक जाहेरी दर्ता गर्दै अदालतबाट पक्राउ पुर्जी लिइसकेको छ । साहारा सहकारीबाट रकम गएका पाँच वटा संस्थाका १० जनाविरुद्ध किटानी जाहेरी परेको थियो ।