काठमाडौँ । स्थानीय तह उपचुनावमा नेकपा (माओवादी केन्द्र)ले खाता खोलेको छ । रुकुमपूर्वमा पुथाउत्तरगङ्गा २ को अध्यक्षमा माओवादीका जगत घर्ती निर्बिरोध निर्वाचित भएका छन् ।
सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेले गठबन्धन गरेर संयुक्त रुपमा उम्मेदवार उठाएका थिए । तर, गठबन्धन गर्दा पनि हार्ने देखेपछि काँग्रेस एमालेले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाविरोध निर्वाचित भएका हुन् ।
घर्तीको विजयसँगै माओवादी केन्द्रले उपचुनावमा खाता खोलेको छ ।