काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आजै बयन सकेर पोखरा लैजाने तयारी प्रहरीले गरेको छ ।
आज विहान बुटवलको सुप्रिम सहकारीको बचत अपचलनबारे लामिछानेसँग तेस्रो दिन पनि बयान जारी छ ।
प्रहरीका अनुसार लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजो र आज लिखित बयान लिएको हो । बुधबार १० घण्टा बयान लिइएको थियो । आज बयन सकेर पोखरा पठाइने रुपन्देही प्रहरीले बताएको छ ।
बयनको लागि रविलाई मंगलबार पोखराबाट भैरहवा विमानस्थल हुँदै बुटवल ल्याइएको थियो ।