काठमाडौं । आजदेखि सबै सरकारी कार्यालयहरु खुलेको छन् । तिहार पर्वको बिदा पछि आजदेखि सरकारी कार्यालयहरु खुलेका हुन् ।
पहिलाको वर्षहरुमा भाइटीकाको दिनदेखि सरकारी कार्यलयहरु खुलाउने गरेकोमा यो वर्ष भने सरकारले भाइटीकाको भोलिपल्टसम्म सरकारी बिदा दिएको थियो ।
सेवाग्राही कम भएका कारण प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा खासै चहलपहल देखिएकाे छैन । जरूरी काम परेकाबाहेक सेवाग्राही नअाएकाे कर्मचारीले बताएका छन् ।
सबै मन्त्रालयमा सचिवदेखि सबै तहका कर्मचारी पनि उपस्थित छैनन् । कुनै सचिव छैनन् भने कुनैमा सचिव छन् अरू कर्मचारी छैनन् ।
सबै जना भाेलिसम्म अाइपुग्ने अर्थमन्त्रालयका तल्लाे तहका एक कर्मचारीले बताए ।