काठमाडौं । इजरायलले इरानका विभिन्न सैन्य ठेगानामा शनिबार विहान क्षेप्यास्त्र हमला गरेको छ ।
इजरायलको सुरक्षा बल (आइडीएफ) का अनुसार एक सय फाइटर विमानले इरानमाथि हवाई हमला गरेका छन् । इजरायली सेनाले सबै सैन्य क्षमताहरू पूर्णरूपमा परिचालित गरिएको थियो ।
इजरायले इरानको राजधानी तेहरान, सैन्य आधार तथा मिसाइल उत्पादन केन्द्र रहेको इस्फाहान र हवाई क्षेत्र रहेको मशहदमा हमला गरेको थियो । तर, इरानी एयर डिफेन्स सिस्टमले अधिकांश मिसाइल आकाशमै ध्वस्त पारेको बताइएको छ ।
इजरायलले इरानको मुख्य दश स्थानलाई केन्द्र बनाएर मिसाइल प्रहार गरेको थियो । तर, कुनै ठूलो क्षति नभएको इरानी संचारमाध्यमहरुले बताएका छन् ।
यो आक्रमण लगभग २६ दिनअघि इरानले इजरायलका शहरहरूमा १८१ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि इजरायलले प्रतिशोधस्वरूप गरेको हो ।