काठमाडौं । तलेजु भवानीको यो ऐतिहासिक मन्दिर वर्षको १ पटक दशैंको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला रहन्छ। सर्वसाधारणका लागि दसैंको महानवमीका दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरको इतिहास पनि रोचक छ । कोतपर्वपछि तलेजु मन्दिरमा ५४ वटा राँगा र ५४ वटा बोकाको बलि दिने चलन चलाइयो । पाप मोचनका लागि बलि दिने राणाकालीन त्यो परम्परा अझै पनि कायमै छ ।
तलेजु भवानीलाई कर्नाट (नायर) वंशी राजा हरिसिंह देवले उपत्यकामा आफु साथमा लिएर आएका थिए । नेपाल संंवत ४४३ (सन् १३२५) मा भारतीय मुसलमान शासक गयासुद्दीन तुग्लकले हरिसिंहको राज्य सिम्रौनगढ (बारा) मा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी आफ्नो इस्टदेवता तलेजु भवानी सहित भक्तपुरका राजा रुद्र मल्लको शरणमा आएको इतिहासमा उल्लेख छ।
कलश स्वरूप तलेजु भवानी दरवार क्षेत्रभित्र ढुंगा छापेको चोक बीचमा सर्वाधिक सम्मानका १३ वटा गजुरयुक्त मन्दिर बनाई प्रतिस्थापित गराएका थिए । तत्कालिन राजा रुद्रमल्लकी बहिनी देवलदेवी कर्नाटक (नाएर) बंशी राजा हरिसिंह देवका पत्नी थिइन् ।
स्वर्गका राजा इन्द्रको कुलदेवताका रुपमा तलेजु भवानीलाई लिइन्छ । लोकोक्ति अनुशार रावणका छोरा इन्द्रजितले लडाईमा इन्द्रलाइ हाराएपछी साथमा तलेजुलाई लिएर आएको धार्मिक विस्वास रहिआएको छ ।
यक्ष मल्लको राज्य कालमा उपत्यका भित्र राज्य विभाजन भएपछी क्रमिक रुपमा आ-आफ्ना राज्य (काठमाडौँ, ललितपुर) मा तलेजु भवानीको स्थापना गर्नथालिएको थियो ।
लोकोक्ति अनुसार तलेजु भवानी काठमाडौँका राजा त्रलोक्य मल्ल संग पासा खेल्थिन् । एकदिन पासा खेल्ने क्रममा त्रलोक्य मल्लका छोराले देखेपछि तत् पश्चात राजाले प्रतक्ष रुपमा दर्शन नपाएको र देवी भवानीले बौध्द कन्या अर्थात नेवार शाक्य समुदायकी छोरीमा कुमारीको रुपमा दर्शन दिने बाचापछि अन्तरध्यान भएको मानिन्छ । त्यसैले जगतप्रकाश मल्लले काठमाडौँस्थित कुमारीघर स्थापना गराएको मानिन्छ ।
कर्नाटक (नायर) बंसी राजा हरिसिंह देवका सन्ततिका रुपमा नेवार समुदायका नाय्, शाही, खड्गी, सिंह काठमाडौँ उपत्येकामा गोपाल बंश पछि दोश्रो महिषपाल वंशले शासन गरेका थिए । नेवार राजपुत क्षेत्रीय यो बंशज देशै भरि मात्र ३ लाख भन्दा बढी संख्यामा रहेको नेपाल खड्गी सेवा समितिका संंरक्षक मनोज नेवा खड्गीले बताउँँछन ।
नेपाल मण्डल सम्पदा र अलकापुरी भक्तपुरीमा क्रमश: पदम श्रेष्ठ, जितेन्द्र रसिकबाट