आज :

पशुपति गौशाला स्थित धर्मशालामा काठमाडौँ महानगरपालिकाले आफ्नो बोर्ड राख्यो

  • अनलाइन डबली

काठमाडौं ।  पशुपति गौशाला स्थित धर्मशालामा काठमाडौँ महानगरपालिकाले आफ्नो बोर्ड राखेको छ । पशुपति क्षेत्र विकास कोषले धर्म शालाको जिम्मेवारी महानगरपालिका दिएपछि मारवाडी सेवा समितिले राखेको बोर्ड हटाएर बुधबार महानगर प्रहरीबलको टोलीले आफ्नो बोर्ड राखेको हो ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकले महानगरपालिकालाई सम्बोधन गरी धर्मशाला सञ्चालनबारे पत्राचार गरेका थिए ।

सोही पत्राचारपछि महानगरपालिकाले मंगलबार नै माइकिङ गरेर खाली गर्नका लागि माइकिङ गरेको थियो । समितिले अदालतमा मुद्दाको अन्तिम किनारा नलागे सम्म न्य्यायिक अधिकार सुरक्षित हुनु पर्ने भन्दै बिरोध प्रदर्शन गरेका थिए ।

महानगरले बोर्ड राखेपछि मारवाडी सेवा समितिका सदस्यले विरोध गरेपछि महानगरप्रहरीसँग झडप भएको थियो ।

काठमाडौँ जिल्ला अदालतले २०६० सालमा श्री पशुपति नाथ अमाल कोट कचहरी हाल कोष र माडवारी सेवा समिति बीच धर्मशाला संचालन सम्बन्धि सम्झौता खारेजी सदर गरि दिएपछि धर्मशाला पशुपति नाथ मातहत आएको थियो , लगत्तै कोष र काठमाडौँ महानगर पालिका बीच धर्म शाला संचालन र ब्यबस्थापन गर्ने सम्बन्धि सात बुँदे सम्झौता भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal