आज :

दशैंमा तरकार र फलफूलको मूल्य बढ्यो, सरकार मुख दर्शक

  • अनलाइन डबली

काठमाडौँ । दशैंमा तरकारी र फलफूलको मूल्य बढेको छ । व्यवसायीहरुले बाढी पहिरो देखाउँदै तरकारी र फलफूलको मूल्य बढाउका हुन्

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको लागि मूल्य सूचीअनुसार मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज तीन रुपैयाँले घटेर ११२ रुपैयाँ कायम रहेको छ ।

त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी ९० रुपैयाँ पुगेको छ भने रातो मूला २० रुयैयाँले बढेर ५० रुपैयाँ पुगेको छ ।
रायोको साग प्रतिकेजी १ं० रुपैयाँले घटेर १४० रुपैयाँ, बरेला १४० रुपैयाँ, कन्य च्याउ १७० रुपैयाँ, ब्रोकाउली १६० रुपैयाँ रहेको छ ।

आज हरियो खुर्सानीको भाउ प्रतिकेजी ३० रुपैयाँले बढेर १३० रुपैयाँ पुगेको छ भने, सुकेको खुर्सान्ी ४३० रुपैयाँ नै कायम छ । फूजी स्याउ ३००, केरा १४० ,अनार ३३० रुपैयाँ तोकिएको छ ।

बिचौलियाहरुले दशैंमा तरकारी र फलफूलको मूल्य बढाउदा पनि बजार अनुगमनको जिम्मा पाएका सरकारी निकाय मुख दर्शक बनेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal