आज :

रुसले युक्रेनका ५ वटा एफ-१६ लडाकु विमान खस्यो, अब १ मात्रै बाँकी

  • अनलाइन डबली

काठमाडौँ । रुसी फेडेरेसनका सेनाले युक्रेनका ५ एफ–१६ लडाकु विमान ध्वस्त गरेको छ । निकै शक्तिशाली भनिएको एफ–१६ विमान अमेरिकाले रुसविरुद्ध लड्न युक्रेनलाई सहयोग दिएको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले सैन्य कारवाही सुरु गरेदेखि नै एफ– १६ विमान माग्दै आएका थिए । उनले आफूलाई उक्त विमान दिएमा रुसलाई हराउने दाबी गर्दै आएका थिए । तर, परिणाम उल्टो भएको छ ।

अमेरिकाले अन्य देशमार्फत पहिलो खेपमा ६ वटा एफ १६ युक्रेनलाई दिएको थियो । रुसी सेनाले हालै गरेको मिसाइल हमलामा ४ वटा एफ १६ विमान ध्वस्त भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । रुसले मिग–३१ फाइटर विमानले प्रहार गरेको किञ्जल हाइपरसोनिक मिसाइलले ४ वटै विमान ध्वस्त भएका हुन् ।

त्यसअघि पहिलो पटक रुसी फेडेरेसनका सेनाले अगष्ट २६ मा पहिलो पटक एफ १६ विमान खसालेका थिए । त्यसलगत्तै जेलेन्स्कीले आफ्ना हवाई सेना प्रमुखलाई बर्खास्त गरेका थिए । जेलेन्स्कीले पाइलटको गल्तीका कारण एफ १६ दुर्घटना भएको भनेर झुटो प्रचार गरेका थिए ।

अमेरिकाले युक्रेन पठाएका एफ– १६ विमानका फाइलटकी पत्नीले आफ्नो पतिसहित पाँच जना पाइलटको हमलामा परी मृत्यु भएको बताएकी छन् । भारतीय संचारमाध्यमहरुका अनुसार अमेरिकी पाइलटसँगै गएका अन्य सहयोगी पनि रुसी हमलामा परी मृत्यु भएको छ । ती पाइलट पत्नीका अनुसार युक्रेन पुगेका ६ मध्ये पाँच एफ १६ युद्धमा ध्वस्त भइसकेका छन् ।

‘गेम चेन्जर’ को रुपमा हेरिएको अमेरिकी एफ १६ विमान अनपेक्षित रुपमा रुसले ध्वस्त बनाइदिएपछि अमेरिकी राष्ट्रपति जो बाइडन तनावमा रहेको बताइएको छ । एफ-१६ युक्रेन पुगेपछि जेलेन्स्की पाइलट सिटमा बसेर अब रूसी हमलालाइ निस्तेज पार्ने दाबी गरेका थिए । तर, उनकाे उक्त दाबी लामाे समयसम्म टिक्न सकेन ।

युद्धमा अमेरिकी एफ १६ विरुद्ध रुसको मिग फाइटर शक्तिशाली देखिएको छ । सबैभन्दा शक्तिशाली सुखोई लडाकु विमान युक्रेनविरुद्ध रुसले नउतारेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal