आज :

बंकरमा लुके इजरायलका प्रधानमन्त्री नेतान्याहू, अमेरिकाले सहयाेग गर्ने भनेपछि इरानलाई चेतावनी

  • अनलाइन डबली

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले बंकुरमा लुकेका छन् । इरानले थप हमला गर्न सक्ने भन्दै बंकरभित्र लुकेका हुन् । नेतान्याहूले बोलाएको मन्त्रिपरिषद् बैठक बंकर भित्रै बसेको छ ।

प्रधानमन्त्री नेतान्याहूले इरानले हमला गरेर ठूलो गल्ती गरेको बताउँदै गाजा बनाइदिने चेतावनी समेत दिएका छन् । नेतान्याहूले यो चेतावनी अमेरिकाले साथ दिने बताएपछि आएको छ ।

इरानले शक्तिशाली ब्यालेस्टिक मिसाइल प्रहार गरेसँगै अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देश इजरायल साथ लिने बताएका थिए । बाइडनको भनाई सार्वजनिक भएसँगै नेतान्याहूले मन्त्रिपरिषद् बैठक बोलाएर जवाफ दिने इरानलाई चेतावनी दिएका छन् ।

इजरायली भूमिमा पहिलो पटक शक्तिशाली मिसाइल एकैपटक प्रहार भएको छ । राजधानी तेल अभिभलगायत मुख्य शहर साइरन बजिरहेको छ । मानिसहरुलाई बंकरमा लुक्न चेतावनी दिइएको छ ।

इरानका राष्ट्रपति इरानी राष्ट्रपति मसूद पेजेस्कियानले मङ्गलवार राती गरिएका हमलालाई आफ्नो देशको वैध अधिकार बताएका छन् । उनले भने, “इरान र यस क्षेत्रको शान्ति र सुरक्षाको उद्देश्यसाथ इजरायलमाथि हमला गरिएको हो ।”

सामाजिक सञ्जाल एक्समा लेख्दै राष्ट्रपति मसूदले हमला इरानी स्वार्थ र नागरिकको प्रतिरक्षाका लागि इजरेललाई दिइएको एउटा निर्णायक जबाफ बताउँदै भने, “इरानसँग युद्ध उन्माद नभएको तर जुनसुकै खतराविरुद्ध जोडदार रूपले खडा हुने कुरा इजरेली प्रधानमन्त्रीले बुझ्नुपर्छ ।” उनले ती हमला इरानको क्षमताको केही झलक मात्र रहेको भन्दै इरानसँग द्वन्द्वमा संलग्न नहुन समेत चेतावनी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal