आज :

बखतको ‘भ्या’ लोकार्पण गर्दै जीवन शाहीले भने–कर्णाली समृद्ध छ

  • अनलाइन डबली

काठमाडौं । साहित्यकार बखत बहादुर शाहीको कर्णालीको धर्म र संस्कृतिमा आधारित सामाजिक उपन्यास ‘भ्या’ काठमाडौंको संवाद डबलीमा शनिबार लोकार्पँण सम्पन्न भयो ।

उक्त लोकार्पँण समारोहमा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही,सभासद रिता शाही, सांसद प्रतिमा गौतम, समिक्षक राजकुमार बानिया, संकर तिवारी, सुमन वर्षा लगायतले लोकार्पँण गरे । तेस्रो साहित्यीक कृति ‘भ्या’ को लोकर्पण गर्दै कर्णाली प्रदेश मुख्यमन्त्री जीवन शाहीले कर्णाली हरेक हिसाबले धनी रहेको बताएका छन् ।

कर्णालीको वास्तविक रुप उपन्यासमा चित्रण भएको यो ऐतिहासिक कृति रहेको नेता शाहीले बताए । समिक्षक राजकुमार बानियाले उपन्यास गैर आख्यान जस्तो प्रमाणित हुम्ला र कार्णालीको समाजलाई बुझ्न सघाउने बताए ।
समिक्षक सुमन वर्षाले सो पुस्तकलाई अध्ययन गरेपछि हुम्ला र कर्णालीका महिलाहरुको वास्तविकता चित्रण भएको तथा त्यसभित्र सकारात्मक र नकारात्मक दुवै पक्ष झल्किएको बताईन् ।

समिक्षक संकर तिवारिले सो उपन्यासले हुम्लाको भाषा र संस्कृतिक पक्षलाई उजागर गरेको र सबैले अध्ययन पश्चात कर्णालीको वास्तविक समाज बुझ्न सघाउ पुग्ने बताए ।

लेखक बखतबहादुर शाहीले पुरानो धर्म, संस्कार र संस्कृतिले समाजलाई नैतिकवान बनाउने कडि रहेको बताउँदै, कर्णालीवासीहरु अन्य भन्दा नैतिकवान हुने जिकिर गरे । शिखा बुक्सद्वारा प्रकाशित उपन्यासको मुल्य ५२५ रहेको छ ।
सो लोकार्पँण समारोहमा रिता शाही, प्रतिमा गौतम, मनोजमाणी आचार्यले शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन मोतिराज बमले गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal